काठमाडौं - लघु बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले दाबी परेको २१ दिनभित्र भुक्तानी गर्नुपर्ने भएको छ ।
प्रतिनिधि सभा, अर्थ समितिमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा विधेयक, २०७५ को दफावार छलफलले दाबी परेको २१ दिनभित्र भुक्तानी गर्नु पर्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।
मूल दफा ८० को उपदफा २ मा हाल व्यवस्था भएको तोकिए बमोजिम भन्ने शब्दलाई संशोधन गर्दै अर्थ समितिले लघु बीमा दाबी परेको २१ दिनभित्र भुक्तानी गर्ने व्यवस्था गरेको हो ।
साथै समितिले लघु बीमा नियमन शुल्क समेत घटाउने निर्णय गरेको छ । समितिले लघु बीमाको नियमनकारी सेवा प्राप्त गर्न हरेक कम्पनीले वार्षिक रुपमा आर्जन गरेको कुल बीमा शुल्कको ०।२५ प्रतिशतका दरले हुन आउने रकम मात्रै प्राधिकरणलाई बुझाउनु पर्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया