काठमाडौं- हाल सम्म पनि मुलुकमा चार स्थानीय तहमा बैंक शाखा पुग्ने क्रममा रहेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनासम्मको तथ्यांक हेर्दा मुलुक भर रहेका कुल स्थानीय तहमध्ये अझै पनि ४ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न सकेका छैन् ।
मुलुक भर रहेका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४९स्थानीय तहमा मात्र बैंकका शाखा बिस्तार भएका छन् । तथ्यांक अनुसार ताप्लेजुङको मिक्वाखोला, धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको काँडा गाउँपालिका बैंक शाखा पुग्ने क्रममा रहेका छन् ।
चालु आवको सात महिनासम्म प्रदेश नम्बर १ मा रहेका कुल १३७ स्थानीय तहमध्ये १३६, प्रदेश नम्बर २ मा रहेका कुल १३६ मध्ये १३६, बाग्मती प्रदेशमा रहेका ११९ मध्ये ११८, गण्डकी प्रदेशमा रहेका ८५ मध्ये ८५, लुम्बिनी प्रदेशमा रहेका १०९ मध्ये १०९, कर्णाली प्रदेशमा रहेका ७९ मध्ये ७८ र सुदुरपश्चिम प्रदेशमा रहेका ८८ मध्ये ८७ स्थानीय तहमा बैंक शाखा पुगेका छन् ।
प्रतिक्रिया