नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाईं

शुक्रबार, १३ चैत्र २०७७, ०७ : ५४

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सन्तोष प्रसाईँ नियुक्त भएका छन् । 

माघ २८ गते कम्पनीको सञ्चालक समितिले प्रसाईँलाई सीईओ नियुक्त गर्ने निर्णय गरी स्वीकृतिका लागि बीमा समितिमा पत्र पठाएको थियो ।

साथै बीमा समितिले बुधबार प्रसाईँलाई सीईओ नियुक्त गर्न स्वीकृति दिएको हो । समितिबाट स्वीकृति पाएसँगै सीईओ प्रसाईँको कार्यकाल नेपाल लाइफमा ४ वर्षको हुनेछ । 

यसअघि नेपाल लाइफको सीइओको रुपमा विवेक झा रहेका थिए । झाको कार्यकाल सकिएसँगै प्रसाईँले कार्यवाहक सीईओका रुपमा कार्य गर्दै आएका थिए ।  

शुक्रबार, १३ चैत्र २०७७, ०७ : ५४

प्रतिक्रिया