आज सकिदै छ प्राइम कमर्सियल बैंकको ऋणपत्र आवेदन दिने समय

शुक्रबार, १३ चैत्र २०७७, ०८ : ३९

काठमाडौं– प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र दरखास्त दिने आज ( शुक्रबार ) अन्तिम दिन रहेको छ ।

बैंकले गत फागुन २८ गते ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

यस अघि ऋणपत्र आवेदन नदिएकाहरुले आज बैंकिङ्ग समय भित्र आवेदन दिन सक्ने छन् ।

कम्पनीले ८ वर्ष अवधि तथा वार्षिक ८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५ निष्कासन गरेको हो ।

कम्पनीले प्रति १ हजार मूल्यमा रु.३ अर्ब ५० करोड ऋणपत्र निष्कासन गर्न लागेको हो । जस मध्ये रु २ अर्ब १० करोड बराबरको २१ लाख कित्ता व्यक्तिगत तवर बाट र रु १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सर्वसाधारणको लागी छुट्याइएको छ ।  

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट रहेको छ । ऋणपत्र आवेदन सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरुमा दरखास्त दिन सकिने कम्पनीले जनाएको छ । 

शुक्रबार, १३ चैत्र २०७७, ०८ : ३९

प्रतिक्रिया