ग्लोबल आइएमई बैंकद्वारा 'ग्लोबल ईकम डलर कार्ड' जारी

शुक्रबार, १३ चैत्र २०७७, ०८ : ५१

काठमाडौं - ग्लोबल आइएई बैंक लिमिटेडले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि बैंकले यस्तो डलर कार्ड जारी गरेको हो ।

नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप डलर कार्ड जारी गरेको बैंकले जनाउको छ । 

बैंकले जारी गरेको डलर कार्डबाट भारत बाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु मार्फत आफ्नो व्यवसाय प्रवद्र्धन गर्न सकिनेछ । 

जसमा नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी, युट्युब, फेसबुक, ट्वीटर, वाट्सअप लगायत सामाजिक सञ्जालहरु पर्दछ ।  

ग्राहकवर्गले आफ्नो नागरिकता र प्यान कार्ड पेश गरेर बैंकमा खाता खोली ५०० रुपैयाँ सेवा शुल्क तिरेर यो सुविधा लिन सक्नेछन् । 

साथै कार्डमार्फत कुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आँफैले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा–सुविधाहरु लिन सकिनेछ ।  

शुक्रबार, १३ चैत्र २०७७, ०८ : ५१

प्रतिक्रिया