नेपाल क्रेडिट एण्ड कमर्स बैंकले खुलायो ऋणपत्र निष्कासन र बिक्री , कहिले सम्म बुझाउन सकिन्छ दरखास्त फारम ?

शुक्रबार, १३ चैत्र २०७७, ०९ : २२

काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री आज (शुक्रबार ) बाट खुला गरेको छ ।

कम्पनीले १० वर्ष  अवधि रहेको ९.५० प्रतिशत ब्याजदर तोकी २०८६ डिबेन्चर निष्कासन गरेको हो ।

कम्पनीले प्रति कित्ता १ हजार मूल्य तोकी ३० लाख कित्ता रु. ३ अर्बमा निष्कासन गर्न लागेको हो । जस मध्ये १२ लाख कित्ता रु १ अर्ब २० करोड मूल्य बराबरको ऋणपत्र सर्वसाधारण निष्कासन गरिएको छ । यसैगरी १८ लाख कित्ता १ अर्ब ८० करोड बराबरको मूल्यमा व्यक्ति तथा संघ संस्थाहरूलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको ऋणपत्र न्यूनतम २५ कित्ता देखी अधिकतम ३ लाख कित्ता सम्म खरिद गर्न सकिने छ ।

नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नक्सालको वेबसाइट र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.को बागबजारको वेबसाइट बाट विवरणपत्र प्राप्त गर्न सकिनेछ ।

सि–आस्वा सेवामा सहभागी बैंक तथा तिनका शाखा कार्यालयमा दरखास्त पेश गर्नु पर्ने छ । ऋणपत्र निष्कासन आवेदन छोटोमा आगामी १८ सम्म र ढिलोमा चैत्र २७ गते बैंकिङ्ग समय भित्र दिन बैंकले भनेको छ ।
 

शुक्रबार, १३ चैत्र २०७७, ०९ : २२

प्रतिक्रिया