काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा आज हुँदै छ । साभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग काठमाडौंमा हुन लागेको हो ।
सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८.८० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.४६ प्रतिशतले हुन आउने नगद (कर प्रयोजनार्थ) गरी कुल ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
साथै, सभाले सेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया