काठमाडौं- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत वर्षको नाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीको १३ औं वार्षिक साधारण सभा आज बस्दैछ ।सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा र लाभांश प्रयोजनको लागि संस्थाले फागुन २८ गतेदेखि आजसम्म बुक क्लोज गरेको छ । तसर्थ, फागुन २६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
प्रतिक्रिया