काठमाडौं - किसान लघुवित्तले नेपाल स्टक एक्सचेज (नेप्से) लाई स्पष्टिकरण दिएको छ ।
साधारण सभाको विशेष प्रस्तावमा अघिल्लो दिन शतप्रतिशत हकप्रद निष्काशनको विशेष प्रस्ताव राखेर सभा आह्वान गरी दोस्रो दिन हटाइएको सम्बन्धमा नेप्सेले सोधेको प्रश्नको स्पष्टिकरण कम्पनीले दिएको हो ।
उक्त स्पष्टिकरणमा लघुवित्तको पूँजीकोष प्रयाप्त नभएकाले मर्जर, हकप्रद निष्काशन, र पुनः थप शेयर निष्काशन जस्ता एजेण्डामा सञ्चालक समितिको बैठकमा छलफल हुँदा हकप्रद निष्काशनका लागि सम्बन्धित नियकाय सँग परामर्श गरेर मात्र अगाडि बढ्ने निर्णय भएको जनाएको छ ।
साथै कम्पनी ऐन अनुसार साधारण सभा भन्दा २१ दिन अगावै साधारण सभाको सूचना प्रकाशन गर्नुपर्ने प्रावधान रहेको तर सो दिन बिदा परेका कारण हकप्रद शेयरको प्रस्ताव सहितको सूचना प्रकाशन भएको प्रष्टिकरण दिएको छ ।
दोस्रो दिन नेपाल राष्ट्र बैंकको परामर्श गर्दा उक्त प्रस्ताव हटाउन सुझाव आएकाले सो लाई संसोधन गरी चैत ९ गते पुनः साधारण सभाको सूचना प्रकाशन गरेको लघुवित्तले जनाएको छ ।
त्यस्तै प्रष्टिकरणमा लघुवित्तको शेयर कारोबारमा कुनै किसिमको प्रभाव पार्ने गलत मनसाय नरहेको पनि जनाएका छ ।
प्रतिक्रिया