निर्जीवन बीमा कम्पनीहरुले उठाए २० अर्ब बढी बीमाशुल्क, कुनको कति ?

शुक्रबार, १३ चैत्र २०७७, १२ : १६

काठमाडौं- चालु आर्थिक वर्षको फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले रु. २० अर्ब भन्दा बढी बीमाशुल्क संकलन गरेको छन् । नेपालमा हाल २० वटा निर्जीवन बीमा कम्पनी रहेका छन्, त्यसमध्ये १९ बीमा कम्पनीले  यतिका बीमाशुल्क संकलन गरेका हुन् । 

बीमा समितिबाट प्राप्त फागुन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । समितिकाअनुसार सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भने अझै सम्म फागुनसम्मको वित्तिय विवरण पेस गरेको छैन ।

उक्त कम्पनीहरुले फागुनमा मात्र रु. २ अर्ब ३९ करोड बीमाशुल्क संकलन गरेका छन् । 

यस्तै, निर्जीवन बीमा कम्पनीहरुको जारी बीमालेखको संख्या १९ लाख ८८ हजार ३ सय २२ पुगेको छ । कम्पनीहरुले फागुनमा मात्र २ लाख ७८ हजार ६८२ ओटा बीमालेख जारी गरेका छन् ।

यसैगरी, हाल निर्जीवन कम्पनीहरुको चुक्ताँ पुँजी रु १८ अर्ब ५० करोड रहेको छ भने कार्यरत कर्मचारीको संख्या ४ हजार ९ सय ५६ रहेको छ । त्यसैगरी, हाल मुलुकभर ९ सय २२ वटा निर्जीवन बीमा कम्पनीहरुको कार्यालय रहेका छन् ।

कुनको कति ? 

 

शुक्रबार, १३ चैत्र २०७७, १२ : १६

प्रतिक्रिया