काठमाडौं - सृजना फाइनान्सको वार्षिक साधारण सभा भोलि हुँदै छ । सभा उद्योग संगठनको सभाकक्ष विराटनगरमा बिहान ११ बजेबाट सुरु हुँदै छ ।
सभाले १३.५९ प्रतिशत बोनस शेयर र रू. ५७ लाख ५९ हजार ७५१ नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले कम्पनीको शेयर पूँजी संरचनालाई परिवर्तन गरी संस्थापकतर्फ ५२ र सर्वसाधारणतर्फ ४८ प्रतिशत शेयर स्वामित्व कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।
उक्त कम्पनीको लाभांश गत फागुन २७ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
प्रतिक्रिया