नँया बिस्तार सँगै ग्लोबल आइएमई बैंकको शाखा संख्या २७३ पुग्यो

शुक्रबार, १३ चैत्र २०७७, १३ : ५८

ग्लोबल आइएमई बैंक लिमिटेडले तीनवटा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले नवलपरासीको रामग्राम नगरपालिका–३, परासी, मोरङको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २७३ शाखा सञ्जाल सहित २४२ एटिएम,  ४७ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउन्टर  २५७ शाखा रहित बैङ्किङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

यो सँगै बैंकको शाखा कार्यालयहरूको संख्या २७३ पुगेको छ ।

 

शुक्रबार, १३ चैत्र २०७७, १३ : ५८

प्रतिक्रिया