काठमाडौं- सनराईज सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित सनराईज ब्लुचिप फण्ड बाँडफाँट भएको छ । आज शुक्रबार सनराईज ब्लुचिप फण्ड बाँडफाँट भएको हो ।
सनराईज ब्लुचिप फण्ड स्किमको प्रति इकाई १० रुपैयाँ दरको १० करोड इकाई चैत १ गते देखि ८ गते सम्म सर्वसाधारण तर्फ ८ करोड ५० लाख इकाई निष्काशन गरिएको थियो ।
फण्डमा बैंक वित्तीय संस्था,इन्स्योरेन्स कम्पनीहरुबाट ५६ हजार ५८ जना आवेदकहरुबाट कुल १२ करोड ३७ लाख ६४ हजार ५४० इकाईका लागि आवेदन प्राप्त भएको थियो । त्यस मध्ये ५३ हजार १४४ जना आवेदकहरुबाट रितपूर्वक प्राप्त भएको ११ करोड ८६ लाख १९ हजार ८४० इकाई बाँडफाँट भएको छ । त्यस अनुसार २ हजार ९१४ आवदेकले फण्डको इकाई पाएनन् ।
एक सय कित्ता इकाई देखि ३० लाख इकाई सम्म माग गर्ने ५३ हजार १७९ जना आवेदकहरुलाई माग बमोजिम, ५० लाख माग गर्ने ४ जना आवेदकहरुलाई ४६ लाख ५ हजार २६ इकाई र १ करोड माग गर्ने २ जना आवेदकहरुलाई ४६ लाख ५ हजार २८ इकाईका दरले सर्वसाधारणहरुको १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँट गरेका छन् ।
कोष प्रवर्धक सनराईज बैंकको १ करोड ८७ लाख ५० हजार इकाई बिज पूँजी समेत गरी कुल १२ करोड ५० लाख बाँडफाँट भएको हो ।
प्रतिक्रिया