आज २ कम्पनीको वार्षिक साधारण सभा, लाभांश कति ?

शनिबार, १४ चैत्र २०७७, १० : ५१

काठमाडौं - आज २ वटा कम्पनीको वार्षिक साधारण सभा हुँदैछ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र सिर्जना फाइनान्स लिमिटेडको वार्षिक सभा आज हुन् लागेको हो  । 

सबैको लघुवित्तको वार्षिक सभा मस्र्याङ्दी रिभर म्यु रिसोर्ट, बन्दिपुर, तनहुमा ११ बजे बाट सुरु हुँदै छ । सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ  । 

सभाले लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण, लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसका साथै, लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 

साथै सिर्जना फाइनान्स लिमिटेडको २०औं वार्षिक साधारण सभा उद्योग संगठनको सभाकक्ष, विराटनगरमा आज विहान ११ बजे सभा सुरु हुँदैछ । 

कम्पनीको संचालक समितिले प्रस्ताव गरेबमोजिम १३.५९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांश समेत पारित गर्नेछ ।
 

शनिबार, १४ चैत्र २०७७, १० : ५१

प्रतिक्रिया