सिटिजन्स बैंक र तिनाउ मिसनको एकीकृत कारोबार सुरु

शनिबार, १४ चैत्र २०७७, १३ : ०४

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको एकिकृत कारोबार सुरू भएको छ ।

मर्जरपश्चात् 'सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड' को नामबाट एकिकृत कारोबार सुरू भएको हो ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न चैत्र ९ गतेको पत्रअनुसार अन्तिम स्वीकृति प्रदान गरेको थियो । 

दुवै बैंकको माघ १५ गते सम्पन्न भएको विशेष साधारण सभाले सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्टलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेका थिए ।


 

शनिबार, १४ चैत्र २०७७, १३ : ०४

प्रतिक्रिया