काठमाडौं - चालु आर्थिक वर्षको ८ महिना सम्ममा जीवन बीमा कम्पनीहरुले ८२ अर्ब बढि बीमा शुल्क संकलन गरेका छन् ।
सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ८२ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।
बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार जीवन बीमा कम्पनीले फागुन महिनासम्ममा २८ अर्ब ९ करोड रुपैयाँ प्रथम बीमा शुल्क, ५३ अर्ब ७९ करोड रुपैयाँ नविकरण बीमा शुल्क र ३२ करोड रुपैयाँ वैदेशिक रोजगार बीमाशुल्क गरी कुल ८२ अर्ब २० करोड रुपैयाँ संकलन गरेका छन् ।
तथ्याङ्क अनुसार चालु आवको फागुन मसान्तसम्ममा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै २२ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
दोस्रो ठूलो बीमाशुल्क लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० ले संकलन गरेको छ । कम्पनीले १० अर्ब ८८ करोड रुपैयाँ संकलन गरेको हो ।
त्यस्तै फागुन मसान्तसम्ममा एलआईसीपछि नेशनल, राष्ट्रिय बीमा संस्थानले धेरै बीमा शुल्क संकलन गरेका छन् । फागुन मसान्तसम्ममा नेशनलले ७ अर्ब ८३ करोड र राष्ट्रिय बीमा संस्थाने ६ अर्ब ५२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
त्यस्तै, युनियन र एशियनले ४ अर्ब भन्दा माथि बीमा शुल्क संकलन गरेका छन् । युनियन र एशियनले क्रमशः ४ अर्ब ६७ करोड र ४ अर्ब ४ करोड रुपैयाँ संकलन गरेका हुन् ।
यस अवधिसम्ममा मेट लाइफले ३ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सूर्या लाइफले २ अर्ब ९६ करोड र प्राइमले २ अर्ब ७५ करोड, गुराँसले दुई अर्ब ६८ करोड र सिटिजन लाइफ इन्स्योरेन्सले २ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क संकलन उठाउन सफल भएका छन् ।
यस अवधिमा ६ कम्पनीले भने एक अर्बभन्दा बढी दुई अर्बभन्दा कम बीमा शुल्क संकलन गरेका छन् । जहाँ ज्योति, रिलायबल, रिलायन्स, आइएमई, सन् नेपाल र सानिमा लाइफ रहेका छन् ।
यी कम्पनीले क्रमशः एक अर्ब ९९ करोड, एक अर्ब ९५ करोड, एक अर्ब ७४ करोड, एक अर्ब ६१ करोड, एक अर्ब ४१ करोड र एक अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।
यसैगरी एक अर्ब भन्दा कम बीमा शुल्क उठाउने कम्पनीमा भने प्रभु र महालक्ष्मी लाइफ रहेका छन् । यी कम्पनीले क्रमशः ९८ करोड र ६८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
प्रतिक्रिया