काठमाडौं - नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो ३६औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभा बैशाख ४ गते शनिबार इन्द्रेणी बैक्वेट, नयाँबानेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरण उपर छलफल गरी पारित गरिनुका साथै, २०७७/७८ को लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिने पनि कम्पनीले जनाएको छ ।
प्रतिक्रिया