काठमाडौं - युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै बीमा समितिको सैद्धान्तिक स्वीकृति तथा कम्पनीको २६औँ वार्षिक साधारण सभाको निर्णय बमोजिम संस्थापक सेयरको अनुपात ६० प्रतिशत रहेकोमा ५१ प्रतिशतमा कायम गर्ने भएको जनाएको छ ।
सोही अनुपातमा सम्पूर्ण संस्थापक शेयरधनीहरुको संस्थापक सेयर कायम गरी बाँकी रहेको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न लागेको कम्पनीले जनाएको छ ।
त्यसैगरी, कम्पनीले संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्न नचाहाने संस्थापक शेयरधनीहरूलाई सोही अनुसारको स्वस्घोषणा गरी यस सूचना प्रकाशन भएको ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन समेत अनुरोध गरेको छ ।
प्रतिक्रिया