ग्रीन डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

आइतबार, १५ चैत्र २०७७, १४ : ०४

काठमाडौं- ग्रीन डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने सोमवार(भोलि)अन्तिम दिन रहेको छ । 

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गरेकाले सोमवारसम्म शेयर कायम गर्ने शेयरधनीले लाभांश पाउनेछन् ।

बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ३.८० प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश प्रस्तावका लागि कम्पनीले चैत २८ गते साधारण सभा बोलाएको छ । सभा कास्किस्थित होटल बाराहीमा आयोजना  हुने छ ।

 

आइतबार, १५ चैत्र २०७७, १४ : ०४

प्रतिक्रिया