सपोर्ट लघुवित्तले बोलायो साधारण सभा, शेयरधनिको हात खाली

आइतबार, १५ चैत्र २०७७, १५ : २१

काठमाडौं - सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो ६औं वार्षिक साधारण सभा बोलाएको हो । 

सभा आगामी चैत २० गते होटल इस्टर्न प्यालेस, इटहरी-४ सुनसरीमा बिहान ९ बजेबाट सुरु हुनेछ । 

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण सहित वासलात, नाफा९नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटी भएको परिवर्तन सम्बन्धी विवरण र सम्बन्धित अनुसुचिहरुमाथि छलफल गरी पारित गरिनेछ । 

त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षण गर्न लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ  । 

संस्थाले यो वर्ष कुनै पनि लाभांश घोषणा गरेको छैन ।

आइतबार, १५ चैत्र २०७७, १५ : २१

प्रतिक्रिया