मिथिला लघुवित्त र नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, लाभांश कति ?

आइतबार, १५ चैत्र २०७७, १६ : २४

काठमाडौं - मिथिला लघुवित्त वित्तीय संस्था र नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने सोमवार अन्तिम दिन रहेको छ ।

उक्त दुई ओटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गरेकाले भोलि सम्म शेयर कायम गर्ने शेयरधनीले लाभांश पाउनेछन् ।

नेपाल इन्स्योरेन्स कम्पनीले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश वितरणका लागि चैत २७ गते कम्पनीले एअरपोर्ट होटल सिनामंगलमा साधारण सभा गर्ने जानकारी दिएको छ ।

त्यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २९ गते धनुषा जिल्लास्थित होटल राजदरबारको सभाहलमा साधारण सभा बोलाएको हो ।

आइतबार, १५ चैत्र २०७७, १६ : २४

प्रतिक्रिया