ग्रीन डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सोमबार, १६ चैत्र २०७७, ०७ : ५२

काठमाडौं - ग्रीन डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गरेकाले आजसम्म शेयर कायम गर्ने शेयरधनीले लाभांश पाउनेछन् ।

बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ३.८० प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 

उक्त लाभांश प्रस्तावका लागि कम्पनीले चैत २८ गते साधारण सभा बोलाएको छ । सभा कास्किस्थित होटल बाराहीमा आयोजना  हुने छ ।

सोमबार, १६ चैत्र २०७७, ०७ : ५२

प्रतिक्रिया