उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

सोमबार, १६ चैत्र २०७७, १२ : २३

काठमाडौं - उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।  

संस्थाले १७.८१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस शेयर र एफपीओ जारी गर्ने प्रस्ताव गर्दै संस्थाले चैत ३१ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । 

होटल पौवा भैरहवा, रूपन्देहीमा बिहान १०:३० बजे कम्पनीले सभा बोलाएको हो । उक्त सभा प्रयोजनका लागि चैत १८ गते (एक दिन) बुक क्लोज गर्ने भएकाले चैत १७ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुने भएका हुन् । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. १४ करोड ९५ लाख ३६ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त बोनस पश्चात कायम शेयर स्वामित्वमा सर्वसाधारणतर्फ ३० प्रतिशत कायम गर्न रू. १ करोड ३७ लाख २८ हजार बराबरको एफपीओ जारी गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । 


 

सोमबार, १६ चैत्र २०७७, १२ : २३

प्रतिक्रिया