काठमाडौं - नेपाल हाइड्रो डेभलोपरको साधारण सभा हुँदै छ । कम्पनीको १२,१३ र १४ औं साधारण सभा मंगलबार हुन लागेको हो ।
सभा रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने छ । सभाले १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले तीन ओटा आव २०७४/७५,२०७५/७६ र आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । गत चैत २ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
प्रतिक्रिया