काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीको अनुसार ग्रामीण क्षेत्रमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउन ९ शाखा विस्तार गरेको हो ।
कम्पनीको नयाँ शाखाहरु प्रदेश १ को डायनिया (मोरङ), हरिनगर (सुनसरी), खिजी फलांटे (ओखलढुंगा) प्रदेश २ को माधब नारायण (रौतहट), जावख (महोत्तरी) कबिलासी (सर्लाही), दहिपौडी (सिरहा), बिष्णुपुर (सप्तरी) प्रदेश ५ को बैकुण्ठपुर (रुपन्देही)मा रहेका छन् ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको माइक्रोफाइनान्सले नयाँ ९ शाखा बिस्तारसँगै देशभर ६१ जिल्लामा शाखा संख्या १३० पुगेको जनाएको छ ।
प्रतिक्रिया