काठमाडौं - नेपाल हाइड्रो डेभलोपर लिमिटेडको १२ औं, १३ औं र १४ औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमाडौँमा दिउँसो ३ बजेबाट सुरू हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सभामा आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रतिक्रिया