उन्नति सहकार्य लघुवित्त र आरम्भ चौतारीकोे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, लाभांश कति ?

मंगलबार, १७ चैत्र २०७७, ०९ : ३९

काठमाडौं - आज २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि चैत्र १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । 

त्यसैले, आज सम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको छैठौँ वार्षिक साधारण सभा चैत्र ३१ गते होटल पौवा, भैरहवामा बिहान साढे १० बजेबाट सुरू हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई १७.८१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा संस्थाले बोनस सेयर बाँडफाँड पश्चात सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार रुपैयाँ बराबरको पुनः सर्वसाधारणलाई धितोपत्रको थप सार्वजनिक निष्कासन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साथै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि चैत्र १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । 

त्यसैले, आज सम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको पाँचौ वार्षिक साधारण सभा चैत ३१ गते मंगलबार, पञ्चकन्या बेन्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई ८.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ  । 

मंगलबार, १७ चैत्र २०७७, ०९ : ३९

प्रतिक्रिया