काठमाडौं - नागरिक लगानी कोषले अवितरित हकप्रद सेयर आवेदकहरूको खातामा आजबाट रकमान्तर गर्दै छ ।
कोषले फागुन २१ गते, शुक्रबारबाट चैत्र २ गते, सोमबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर चैत्र १४ गते, शनिबार बाँडफाँड गरेको थियो ।
उक्त सेयरमा परेका बोलपत्रहरू चैत्र ७ गते र ८ गते खोलिएको थियो । यसैगरी, आवेदकहरूको बाँडफाँडमा नपरेको सेयर बापतको रकम आवेदकहरूले आफ्नो बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा आजबाट रकमान्तर गर्ने भएको हो ।
उक्त सेयरको निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कोषले पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको ३ लाख ५४ हजार एक सय ५० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।
प्रतिक्रिया