महालक्ष्मी विकास बैंकले ल्यायो झण्डै ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

बुधबार, १८ चैत्र २०७७, ०७ : ५१

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो चरणमा ६९ हजार ५८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याइएको हो । 

बैंकका अनुसार उक्त सेयर विद्यमान संस्थापक शेयरधनीले खरीद गर्न पाउने छन् । इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात सहित केन्द्रीय कार्यालय दरबारमार्गमा आइपुग्ने गरेर निवेदन दिन सकिने बैंकले जनाएको छ ।

संस्थापक शेयरधनीबाट खरीद नभएमा भने प्रचलित कानून अनुसार सर्वसाधारणमा शेयर बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।

बुधबार, १८ चैत्र २०७७, ०७ : ५१

प्रतिक्रिया