एनसीसी बैंकको ऋणपत्र सुरक्षित गर्ने आज अन्तिम दिन

बुधबार, १८ चैत्र २०७७, ०८ : ०२

काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको ऋणपत्र आवेदन आज ( बुधबार) बाट बन्द हुने भएको छ ।

कम्पनीले एक सूचना निकाल्दै बुधबार बैंकिङ्ग समय भित्र आवेदन भर्न सकिने जनाएको छ । 

१० वर्ष अवधि रहेको डिबेन्चरमा  ९.५ प्रतिशत ब्याजदर रहेको छ । 

कम्पनीले रु १ हजार मूल्य तोकी रु ३ अर्ब बराबरको ३० लाख कित्ता बिक्रीमा राखेको थियो । जस मध्ये  सामूहिक लगानी कोष समेतलाई गरी रु.१ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सर्वसाधारणको लागी खुल्ला गरेको थियो , भने रु १ अर्ब ८० करोड मूल्य बराबरको    १८ लाख कित्ता व्यक्तिगत तवर बाट बिक्री गर्ने भन्दै ऋणपत्र आवेदन खल्ला गरेको थियो । 
 

बुधबार, १८ चैत्र २०७७, ०८ : ०२

प्रतिक्रिया