मिर्मिरे लघुवित्त र महिला सहयात्राको साधारण सभा आज, लाभांश कति ?

बुधबार, १८ चैत्र २०७७, ०८ : ३५

काठमाडौं - आज दुई लघुवित्तको वार्षिक साधारण सभा हुँदैछ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा  हुन लागेको हो ।

मिर्मिरे लघुवित्तको दशौँ वार्षिक साधारण सभा आज पञ्चकन्या बैंन्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरू हुँदै छ । सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ९।२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८ नगर गरि कुल ९.६८ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै सभामा स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । 

त्यस्तै महिला सहयात्रा लघुवित्तको आठौँ वार्षिक साधारण सभा पनि आज नै ओम अध्याय रिट्रीट रिसोर्ट, थाहा नगरपालिका, ६ मकवानपुरमा बिहान ११ बजेदेखि सुरु हुँदै छ । 

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत गद लाभांश ९कर प्रयोजनार्थ० गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गर्नेछ । 

बुधबार, १८ चैत्र २०७७, ०८ : ३५

प्रतिक्रिया