सूर्योदय लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, लाभांश कति ?

बुधबार, १८ चैत्र २०७७, ०८ : ४८

काठमाडौं - सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि देखि ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । 

त्यसैले आज सम्म नेप्सेमा कारोबार भइ  कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । कम्पनीको वार्षिक सभा चैत्र ३१ गते मंगलबार स्याङ्जास्थित पुतलीबजार नगरपालिकाको सहयात्रा पार्टी प्यालेसमा  हुँदैछ । 

सभामा कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनीको हिस्सा ७०:३० कायम गर्न एफपिओ निष्कासन गर्ने विशेष प्रस्ताव गरिनेछ । 

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १५.३४ प्रतिशत बोनस सेयर र ०.८०  प्रतिशत नगद (कर प्रयोजन) गरि कुल १६.१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गर्नेछ ।

बुधबार, १८ चैत्र २०७७, ०८ : ४८

प्रतिक्रिया