काठमाडौं - सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि देखि वैशाख ३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले, आज सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाको १२औं वार्षिक साधारण सभा वैशाख ३ गते शुक्रबार, होटेल अरनिको धुलिखेलमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा एफपिओ निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ ।
साथै सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रतिक्रिया