काठमाडौं- बैंक अफ काठमाण्डूले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि 'प्रिपेड कार्ड सेवा’ सुचारु गरेको छ ।
बैंकका ग्राहकहरुले प्रति वर्षमा पाँच सय अमोरिकी डलर सम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।
यो सेवा भारत बाहेक अन्य देशहरुको ई -कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरि पाँच सय अमोरिकी डलर सम्मको वस्तु वा सेवा अनलाइन भुक्तानी गर्न सक्नेछन् । इच्छुक ग्राहकहरुले नजिकको शाखामा आफ्नो प्यान कार्ड सहित निवेदन अप्लब्ध गराई यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया