काठमाडौं - ज्योति लाइफ इन्स्योरन्स कम्पनीले सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
शुक्रबार आइपीओ बाँडफाँट सम्पन्न गरेको कम्पनीले सेयर रजिष्ट्रारमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
मंगलबार सेयर रजिष्ट्रार नियुक्ति विषयमा ज्योति लाइफ इन्स्योरेन्स र एनआईसी एसिया क्यापिटलबीच सम्झौता सम्पन्न भएको थियो ।
अब ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य अब एनआईसी एसिया क्यापिटलले गर्नेछ ।
प्रतिक्रिया