सेञ्चुरी बैंककोे २ अर्ब बढीको ऋणपत्र बिक्रीको आवेदन धितोपत्र बोर्डमा पाइपलाइनमा

बुधबार, १८ चैत्र २०७७, १७ : १५

काठमाडौं- सेञ्चुरी कमर्सियल बैंकले २ अर्ब भन्दा बढीको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

बैंकले बोर्डमा २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख ऋणपत्रका जारी गर्नका लागि असोज २२ गते नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

बैंकले सर्वसाधारण लागि ८ लाख ८० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १३ लाख २० हजार कित्ता बिक्री गर्नेछ ।

१० वर्षका लागि जारी हुने सेञ्चुरी डिबेन्चर २०८७ नामको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले व्याजदर पाउनेछन्।

उक्त ऋणपत्र निष्काशन एवं बिक्री प्रबन्धकको जिम्मा ग्लोबल आइएमई क्यापिटलले लिएको छ ।

बुधबार, १८ चैत्र २०७७, १७ : १५

प्रतिक्रिया