प्रधानमन्त्री ओलीले पाए दुई तिहाईविश्वासको मत

६ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन् । 
आईतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिइयोस् भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको हो । 
कूल २ सय ६८ मत खसेकोमा प्रस्तावको पक्षमा २ सय ८ मत परेको थियो भने विपक्षमा ६० मत मात्रै प्राप्त भयो । प्रधानमन्त्रीेलाई विश्वासको मत दिइयोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरे । 
प्रस्तावको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, नेपाल, संघीय समाजवादी फोरम, नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले मतदान गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक चैत्र २ गते अपरान्ह १ बजे बोलाइएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया