के हो कोपोमिस सफ्टवेयर ? सहकारिहरुले किन प्रयोग गर्ने ?

सोमबार, २३ चैत्र २०७७, १९ : १४

काठमाडौं– सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीको छोटकरी नाम हो कोपोमिस

सहकारी क्षेत्रको सुचना,  तथ्याङ्कहरूलाई नियमित, विश्वसनीय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली ‘कोपोमिस’ हो ।

यो सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरू अनुरूप सहकारी क्षेत्रको प्रवर्द्धन गर्दै यस क्षेत्रमा देखिएका चुनौती सामना गर्न र गरिबी निवारण कार्यलाई दक्ष र प्रभावकारीरुपले सञ्चालन गर्नका लागि सघाउ पु¥याउन तयार गरेको हो । कोपोमिस वेबमा आधारित प्रणाली हो । इन्टरनेट सुविधा उपलब्ध हुने स्थानमा यो सुविधा प्रयोग गर्न सकिनेछ ।

यसले सहकारी संघ संस्थालाई व्यवस्थापकीय र वित्तिय सूचना उपलब्ध गराउने संस्थाले गर्नुपर्ने कार्यहरूलाई अनलाइन पद्धतिमा रूपान्तरण गर्ने, पारदर्शिता र जवाफदेहिताको प्रवर्धन गर्ने, आन्तरिक नियन्त्रण पद्धतिलाई स्थापित गर्दै सुशासन कायम गर्न सहयोग पु¥याउने छ ।

सहकारी सम्बन्धी कानुन, नीति, मापदण्ड, अभ्यास आदीको कार्यान्वयन र आवश्यक सूचना एकैपटक यसबाट प्राप्त गर्न सकिनेछ ।  सहकारी संघ संस्थाको व्यवस्थापन तथा अनुगमन प्रभावकारी ढंगले गर्न, वित्तिय अवस्था तथा जोखिम अवस्थाबारे जानकार हुन, पल्स्र एवं परियोजनागत वित्तीय विश्लेषण गर्न सहज हुने, लेखा परिक्षण गराउने कार्यमा यसले मद्दत पु¥याउनेछ । 

सहकारी संस्थाहरूले कोपामिस सञ्चालन गर्नका लागि कम्प्युटरको कुनै पनि वेबमा copomis.gov.np मा कोपोमिसको पेज खोली  त्यसै बाट प्रबिष्ट गर्ने फर्ममा  आफ्नो संस्थाको युजर नाम राखी कोपोमिसको प्रयोग गर्न सक्नेछन् ।

सहकारी संस्थाको  नियममा  उल्लेख भएको कार्यक्षेत्रको आधारमा नियामक निकाय पत्ता लगाउन सकिन्छ । सहकारीको कार्यक्षेत्र एक स्थानीय तह मात्र रहेमा सोही स्थानीय तह, दुई वा सो भन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र भएमा प्रदेश कार्यक्षेत्र रहेमा सहकारी मन्त्रालय र दुई वा सो भन्दा बढी प्रदेशमा कायक्षेत्र रहेमा सहकारी विभाग नियामक संस्था हुने व्यवस्था रहेको छ ।
 

सोमबार, २३ चैत्र २०७७, १९ : १४

प्रतिक्रिया