नेसनल हाइड्रोपावरको साधारण सभा  चैत २७ गते

३ बर्ष अगाडि

काठमाडौं- नेसनल हाइड्रोपावर कम्पनीले शुक्रबार चैत २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।  सभा डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ । 
 
यस्तै, आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । कम्पनीले विगतमा जस्तै यसपालि पनि लगानीकर्तालाई लाभांश नदिने भएको छ । सभामा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समेटिएको छैन । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया