सिंगटी हाइड्रोको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी, साढे १३ लाख भन्दा बढीको हात खाली

३ बर्ष अगाडि

काठमाडौं- सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँट शुक्रबार गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार अहिलेसम्मको तयारी अनुसार भोलि (शुक्रबार)  बाँडफाँट गर्ने योजना भएको छ । यद्यपि, औपचारिक रुपमा भने बाँडफाँटको मिति घोषणा हुन बाँकी छ ।
 
कम्पनीले चैत्र ६ गते देखि चैत्र १० गते सम्म आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।  

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख ३५ हजार ५ सय ३७ जना आवेदकबाट २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ  बराबरको २ करोड ४६ लाख ६५ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । 

यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ९.३४ गुणा बढी हो । अन्तिम तथ्यांकलाई हेर्दा ग्रोलाप्रथाबाट वितरण गर्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी १३ लाख ७१ हजार ५ सय ३७ जनाको हात खाली हुनेछ  । 

कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । 

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया