मेगा बैंकका ग्राहकलाई टर्किस एयरलायन्समा विशेष छुट

२ बर्ष अगाडि

काठमाडौं- टर्किस एयरलायन्सले मेगा बैंक नेपालका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई हवाई यात्रामा विशेष छुट दिने भएको छ । 

मेगा बैंक नेपालकी नायब सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस एयरलायन्सका कन्ट्र«ी जनरल म्यानेजर अब्दुल्ला टंकर केसीबीच मेगा बैंकका ग्राहकहरुलाई टर्किस एयलायन्सको हवाई प्राथमिकता र छुट दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार टर्किस एयरलायन्सको मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा विशेष छुट र एक्स्ट्रा लगेजको सुविधा दिने भएको छ ।

यो छुुट टर्किस एयरलायन्सको काठमाडौंबाट उडान हुने अमेरिका र युरोपियन देशमा लागू हुने सम्झौतामा उल्लेख भएको बैंकले जनाएको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया