५३ लाखको लगानीमा दुईवटा खानेपानी ट्याङ्कीको शिलान्यास

३ बर्ष अगाडि

सूर्यविनायक नगरपालिका–९ नंखेलस्थित महतगाउँको पैयाचौरमा दुईवटा खानेपानी ट्याङ्कीको निर्माण शुरु भएको छ । जिल्ला समन्वय समिति, भक्तपुर र सूर्यविनयक नगरपालिकाको रु ५३ लाख ३३ हजार ३३३ को संयुक्त लगानी एक लाख २५ हजार र ३० हजार लिटर क्षमता रहेको बन्देश्वरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका दुईवटा खानेपानी ट्याङ्की निर्माणको आज शिलान्यास गरिएको छ ।

पानी ट्याङ्कीको नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आज एकै दिन दुईवटा खानेपानी ट्याङ्की निर्माणको शिलान्यास गरेका हुन् । कार्यक्रममा सांसद बस्नेतले सूर्यविनायक क्षेत्रमा तीन तहका सरकारको सहकार्य र समन्वयमा विकास निर्माणले तीव्र गति लिएको चर्चा गर्दै अब प्रत्येकको घरघरमा खानेपानी पु¥याउने लक्ष्यका साथ अगाडि बढेको बताए । दिव्येश्वरी, त्रिवेणी, नंखेललगायत खानेपानी आयोजना एकीकृत गरी प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै सांसद बस्नेतले थप बजेटको व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले जनप्रतिनिधि आएपछि सूर्यविनायकको मुहार फेरिएको चर्चा गरे । वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले केही वर्ष अगाडिसम्म विकट रहेका ठाउँहरु अहिले विकासका गतिविधिसँगै सुगम बन्दै गएको बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया