वैशाख मसान्तसम्ममा जनकपुरधाम–जयनगर रेल्वे संचालनमा ल्याउने

३ बर्ष अगाडि

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले वैशाख मसान्तसम्ममा  जनकपुरधाम–जयनगर रेल्वे संचालनमा ल्याउने गरी आन्तरिक तयारीमा लागेको जनाएका छन् ।

शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङले नयाँ वर्षको पहिलो महिनाभित्रै रेल चलाउने सरकारको योजना रहेको दावी गरे । 

उनले भने– ‘रेल छिटो भन्दा छिटो चलाउनुपर्ने भएकोले यसका लागि कर्मचारीहरु जनकपुरधाममा आइसकेका छन् । उनीहरुलाई दक्ष बनाउन २÷४ दिनदेखि तालिम समेत दिई रहेको छ । यदी सम्भव भएमा वैशाखको मसान्तसम्ममा हामी रेल चलाउँछौ ।’

रेल चलाउने योजना विगत दुई वर्षदेखि सरकारको योजना रहेपनि कोरोना संक्रमणको कारण भएको लकडाउन र कर्मचारी अभावका कारण रेल चल्न नसेकेको भन्दै मन्त्री नेम्वाङले रेल्वे संचालनका लागि ती सबै कुराहरु व्यवस्थापन भइसकेकाले चाँडै रेल गुड्ने कुरामाथि विश्वास गर्न सर्वसाधारणसँग आग्रह गरे ।

कोभिड महामारी र नेपाल–भारतबीचको सीमानाका बन्द भएका कारण समस्याहरु सिर्जना भएको भन्दै उनले अब यी समस्याहरुलाई निराकरण गर्नका लागि सरकार लागिपरेको उनले बताए । 

उनले भने–‘जनकपुरधाम–जयनगर रेल्वेको विस्तार गर्दैै यसलाई भारतसँगको दक्षिण र उत्तरको राजमार्गमा जोड्ने आयोजनाको ३५ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ ।’ 

उनले अघि थप्दै भने– ‘महोत्तरीको बर्दिबाससम्म पूर्व पश्चिम चल्ने विद्युतिय रेलमार्गसँगै जोडेर त्यस ठाउँमा जग्गा व्यवस्थापन गरि रेल्वे सबस्टेशन समेत चाँडै बनाइनेछ ।’

३ बर्ष अगाडि

प्रतिक्रिया