बढ्यो कामना सेवा विकास बैंकको खुद नाफा, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा साढे ५८ करोड

३ बर्ष अगाडि

काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले खुद नाफा बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

आइतबार सार्वजनिक भएको बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले गत आवको यसै अवधिको तुलनामा १७२ प्रतिशतले खुद नाफा बढाएको हो । 

नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८.९१६ रुपैयाँले बढेर २९.४७ रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ ११४.३५ रुपैयाँ, निष्क्रिय कर्जा अनुपात १ प्रतिशत, आधार दर ८.८५, स्प्रेडरेट ४.९५ प्रतिशत र मूल्य आम्दानी अनुपात ११.९४ गुणा रहेको छ ।

समीक्षा अवधिमा बैंकले ३८ करोड ८८ लाख ९७ हजार रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । चैत मसान्तसम्म बैंकले ३९ अर्ब २४ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ५५ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारको तुलनामा बैंकको निक्षेप २३ प्रतिशतले बढ्दा कर्जा लगानी ४१ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.७३ प्रतिशतले बढेर १ अर्ब ७ करोड ७६ लाख पुगेको छ भने अन्य सञ्चालन आम्दानी ४२ लाख ८८ हजार बढेर ३ करोड ६९ लाख १० हजार तथा गैह्र व्यवसायीक आम्दानी २३ करोड ८१ लाख बढेर २३ करोड ९६ लाख पुगेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया