एनआइसी एसिया बैंकले आजबाट आफ्नो स्वामित्वमा रहेको ९७ बढि कित्ता संस्थापक सेयर फेरि ल्यायो लिलामीमा

३ बर्ष अगाडि

काठमाडौं - एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ९७ हजार ७०६ कित्ता संस्थापक सेयर आजबाट फेरि लिलामीमा बिक्री खुला गरेको छ । 

जसमा नेसनल लाइफ इन्सुरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर रहेको छ । 

यसमा वैशाख १० गतेसम्म बोलपत्र पेश गर्न सकिने बताइएको छ । लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १४ सय ५५ रुपैयाँ र नेसनल लाइफ इन्सुरेन्समा न्यूनतम ४६३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 

दुईवटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली दिन सकिने बैंकले जनाएको छ । 

यो सँगै बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पनि निवेदन पेश गर्न सकिने बैंकले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया