समता घरेलु लघुवित्तको सीईओ डा. मदन घिमिरे

३ बर्ष अगाडि

काठमाडौं - समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. मदन घिमिरे नियुक्त भएका छन् । 

वैशाख २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी आगामी ४ वर्ष सम्मको लागि कम्पनीको सीईओमा घिमिरेलाई नियुक्त गरेको हो । 

साथै, कम्पनी सचिवमा विश्वराज श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीले वैशाख २ गतेदेखि नै लागू हुने गरी कम्पनी सचिवमा श्रेष्ठलाई नियुक्त गरेको कम्पनीले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया