सिभिल लघुवित्तद्वारा एकै साथ ७ शाखा स्थापना, कहाँ-कहाँ ?

३ बर्ष अगाडि

काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ७ वटा शाखा कार्यालयहरु विस्तार गरेको छ ।

लघुवित्तले झापा जिल्लाको धाईजन, मोरङ्गको भाथिगछ, सुनसरीको भिमपुर, सप्तरीको बलुवा, चितवनको रत्ननगर, सिन्धुपाल्चोकको पाटीभञ्ज्याङ्ग र कपिलवस्तुको बहादुरगञ्जमा एकै साथ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको हो ।

लघुवित्तले यस अघि २९ जिल्लामा रहेको ५५ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेकोमा अब ६२ वटा शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया