प्रधानमन्त्रीद्वारा पुनर्निर्मित धरहराको उद्घाटन

३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । २०७२ को भूकम्पले ढालेको धरहरा ठडिएसँगै ओलीले उद्घाटन गरेका हुन् । तर हालसम्मपनि धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु भने सकिएको छैन । 

भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो। स्तम्भ तयार गर्न र सुनको गजुरसमेत राखेको गरी हालसम्म ३ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ।

धरहराको टावरको काम पूरा भए पनि बाहिरी संरचनाको काम सम्पन्न हुन अझै ९ महिना लाग्ने प्राधिकरण जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया