आफ्नै भवनबाट सेवा दिँदै वडा कार्यालय

२ बर्ष अगाडि

केआईसिंह गाउँपालिका–७ भूमिराजमाडौँको वडा कार्यालयले आफ्नै भवनबाट नागरिकलाई सेवा दिन थालेको छ । सुदूरपश्चिम प्रदेश सरकारको कूल रु ५९ लाख ५७ हजारमा दुईतले पक्की भवन निर्माण सम्पन्न भएपछि अहिले यहाँका सेवाग्राहीलाई सेवा लिन र दिन सहज भएको छ । आफ्नो कार्यालय भवन नहुँदा उक्त वडा कार्यालयले वर्षौँदेखि भाडाको घरबाट सेवा दिँदै आएको थियो भने लाखौँ रकम घर भाडामा खर्च हुँदै आएको थियो ।

उक्त नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले एक कार्यक्रमबीच आज उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा अध्यक्ष शाहीले पालिकामा आफ्नै भवन नभएका वडा कार्यालयका क्रमिक रुपमा भवन निर्माण गरी नागरिकलाई सेवा प्रदान गरिने बताए । उनले भने, “भवन नहुँदा सेवाग्राहीलाई सेवा लिन र कर्मचारीलाई सेवा दिन समस्या थियो, भवन नभएका अन्य वडाहरूका भवन चाँडो निर्माणका लागि पहल हुनेछ ।” नयाँ भवन कामकाज शुरु गर्न लागेको सो वडाका वडाध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिए । 

उनका अनुसार आफ्नै भवन निर्माण भएपछि उक्त वडाको लाखौँ रकम घर भाडा जोगिएको छ । पछिल्लो समय यहाँका स्थानीय तहले आफ्नै पालिका भवन तथा वडा कार्यालयका भवन निर्माण गरी सेवा दिन थालेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया