सबैभन्दा ठूलो भ्याक्सिन उत्पादन गर्ने कम्पनीका प्रमुखले किन देश छोडे ?

२ बर्ष अगाडि

एजेन्सी - भारतीय भ्याक्सिन उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इण्डियाका सीइओ अदर पूनावाला देश छाडेर भागेका छन् । 

देशका शक्तिशाली व्यक्तिहरुबाट तत्काल कोभिशिल्ड भ्याक्सिन माग गर्दै फोनमा लगातार धम्की आउन थालेपछि उनी देश छाडेर लण्डन गएका हुन् । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिशिल्ड भ्याक्सिन सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ ।

द टाइम्सलाई दिएको एक अन्तरवार्तामा पूनावालाले आफूलाई भारतका शक्तिशाली व्यक्तिहरु मुख्य मन्त्रीहरु, ठूला व्यवसायीहरु लगायतबाट तत्काल कोभिशिल्ड भ्याक्सिन माग गर्दै धम्कीपूर्ण फोन आउन थालेको बताएका छन् ।

पूनावालाका अनुसार सेरमले भारतबाहिर पनि भ्याक्सिन उत्पादन बढाउने सोच बनाएको छ र उनको लण्डन यात्रा यसको लागि पनि हो । लगातार धम्की बढेपछि भारत सरकारले यो हप्ताको सुरुमा पूनावालालाई वाइ श्रेणीको सुरक्षा दिने निर्णय गरेको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया